सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । पूर्वसञ्चार मन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधवकुमार नेपाल समूहलाई पार्टीभित्रै राख्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तिम प्रयास गरेको बताएका छन् । बाँस्कोटाले प्रधानमन्त्रीको यो आह्वानले पनि ”एक हुन मन नलागे बाक्लो दाल खान” माधव पक्षलाई सुझाएका छन् ।
‘यी हासे पनि रोए पनि बूढालाई पीरैपीरमा राख्ने भए । लास्ट प्रयास पारिवारिक मिलनको । नत्र बाक्लो दाल खाऊ,’ बाँस्कोटाले फेसबुकमा लेखेका छन् ।
माधव समूहले राष्ट्रकवि माधव घिमिरेको शोक काव्यमा भने जस्तै पार्टी अध्यक्षलाई पीरैपीरमा पारेको उनले बताए । एमालेमा रहनेलाई महत्त्वपूर्ण जिम्मेवारी दिने संकेत पनि बाँस्कोटाले गरेका छन् ।
‘अब के भने नि बस्नेतलाई श्रीसम्पत्ति जिम्मा । जानेलाई दुई तीन मुठ्ठी सातुको बाटो खर्च साथ बिदा । के गर्नु, आफ्नै हुन् माया लाग्छ,’ बाँस्कोटाले लेखेका छन् ।
एमाले विवाद समाधानार्थ ओलीले २०७८ जे २३ गते आइतबार राति ६ बुँदे प्रस्ताव गरेका छन् । यो प्रस्तावप्रति माधव समूहले संशय व्यक्त गरिरहँदा ओलीपक्षीय नेता बाँस्कोटाको यस्तो टिप्पणी आएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा