सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रदेशको हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।
शनिबार पछिल्लो २४ घण्टामा हेटौँडा अस्पतालमा उपचारत पाँच सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा मकवानपुर जिल्लाभित्रका तीन र जिल्लाबाहिरका दुई जना रहेको कार्यालयले जनाएको छ ।
जिल्लाभित्रका थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, हेटौँडा–४ का ५६ वर्षीय पुरुष, हेटौँडा–५ का ७२ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी बाराका ४२ वर्षीय र सिन्धुलीका ६६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै मकवानपुरमा मृत्यु हुनेको सङ्ख्या १०३ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा