सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं- मधेसी मोर्चाका दोस्रो तहका नेताहरूले जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाएमा र चुनावअघि नै संविधान संशोधन गरी स्थायी प्रकृतिको शक्तिशाली संघीय आयोग गठन गरेमा स्थानीय चुनावमा भाग लिने संकेत गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा सरकारी पक्ष र मधेसी मोर्चाका दोस्रो तहका नेताबीच भएको भेटमा मोर्चाका दोस्रो तहका नेताहरूले ससर्त स्थानीय चुनावमा जान सक्ने संकेत गरेका छन्।स्रोतका अनुसार मोर्चाका दोस्रो तहका नेताहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले सीमांकन रोकेर तीनवटा प्रस्तावमा संविधान संशोधन गर्न सरकार तयार रहेको दोहोर्याएका थिए। प्रधानमन्त्रीले मधेसी मोर्चाले माग गरेअनुसार जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउन सरकार तयार रहेको बताए।
यसैगरी मोर्चासँगको छलफलमा उनले राष्ट्रियसभाको निर्वाचन मण्डलबाट गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई हटाउन तयार रहेको बताएको स्रोतको भनाइ छ। दाहालले सीमांकनबारे भने स्थानीय चुनावपछि र प्रान्तीय एवं केन्द्रीय संसद्को चुनावअघि संविधानमै स्थायी प्रकृतिको शक्तिशाली संघीय आयोग बनाउने प्रतिबद्धता जनाएका थिए। उनले स्थानीय चुनावपछि मधेसी मोर्चाको मागअनुसार प्रदेशको सीमा फेरबदल सम्बन्धी संविधानको धारा २७४ संशोधन गर्न सरकार तयार रहेको बताए। स्थानीय तह प्रदेश समितिको मातहतमा आउनुपर्ने मोर्चाले राखेको मागमा पनि सरकार सकारात्मक भएको र यसबारे संविधानमै लेख्न तयार रहेको प्रतिबद्धता प्रधानमन्त्रीले गरेका थिए।छलफलमा मोर्चाका नेताहरूले फास्ट ट्र्याकबाट चुनावअघि नै संविधान संशोधन गरी कार्यान्वयन गर्नुपर्ने सर्त राखेका थिए। फास्ट ट्र्याकबाट संविधान संशोधन गरी प्रधानमन्त्रीले राखेका प्रतिबद्धता पूरा गरेमा सीमांकन रोकेर भए पनि चुनावमा जान सकिने मोर्चाका नेताहरूले बताएको स्रोतको भनाइ छ।
कानुनमन्त्री अजयशंकर नायकले राजनीतिक सहमति भए जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या बढाउन सरकार तयार रहेको बताए। ‘राजनीतिक जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या बढाउन सरकार तयार छ’, नायकले भने, ‘अरू विषयमा पनि सहमति खोज्ने प्रयास भइरहेको छ।’प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले सरकार मधेसी मोर्चासँग सहमति गर्ने प्रयासमा रहेको बताए। ‘उहाँहरूसँग सहमति गर्ने प्रयास भइरहेको छ, छलफल जारी छ’, खनालले भने।राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले मधेसी मोर्चाका दोस्रो तहका नेता र सरकारबीच छलफल भएको आफूले जानकारी पाएको बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा