सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँँ । नेकपा एमालेका नेतृ रामकुमारी झाँक्रीले आफूहरु संसद सदस्यहरुबाट राजीनामा गर्न तयार रहेको बताएकी छिन्।
बागमती प्रदेश सभा सदस्यमा विजयी डा. खिमलाल देवकोटालाई सामाजिक सञ्जालमार्फत् बधाई दिँदै नेतृ झाँक्रीले राष्ट्रिय सभामा कसलाई भोट हाल्ने? भन्ने प्रश्न मामुली भएको बताएकी हुन्।
सामाजिक सञ्जालमा उनले यसरी लेखेकी छन्, ‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो। तर अहिले पार्टीभित्रै एउटा स्पेसका लागि संघर्षरत अवस्थामा छौं। पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन। अहंकार उस्तै छ। अन्यायको विरुद्ध बिद्रोह निश्चित छ।
डा. देवकोटालाई बधाई।’
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा