सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । निषेधाज्ञामा पनि सेयर बजारमा दिनहुँ रेकर्ड कायम गर्दै नेप्से परिसूचक लेक चढिरहेकाे छ । आज एकै दिन दोहोरो रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सेयर बजारमा मंगलबार पनि हरियाली छाएको छ ।
आज नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.९० विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । त्यसैगरि यसअघि कायम भएको १० अर्ब ४४ करोडको कारोबार तोडिँदै ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।
यो दिन १८० वटा कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिनको कारोबारमा ३३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । साथै ११ वटा कम्पनीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
यसदिन नेपाल टेलिकम, अपर तामाकोशी, शिखर इन्स्योरेन्स, लगायतको मूल्य घटेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६७ करोड ९२ लाख बढीको शेयर कारोबार भएको छ । नेशनल लाइफ र अरुण काबेलीको ३१ करोड माथि कारोबार हुँदा आइएमई जनरल, नागरिक लगानी कोष, नेशनल हाइड्रो, एनआईडिसीएल, बुटवल पावर, सिनर्जी पावर र युनाइटेड मोदी हाइड्रोको उच्च कारोबार भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा