सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराइन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिना, विभिन्न संवैधानिक अङ्गका प्रमुखहरू, विभिन्न दलका नेताहरू, नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा प्रतिनिधिहरू र उच्चपदस्थ पदाधिकारीहरू सहभागी थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि तोक्नु भएको समय सीमाभित्र दलहरूले दाबी पेस नगरेकाले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (३) अनुसार संसद्को ठूलो दलको नेताको हैसियतमा बिहीबारे राती प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।
लगत्तै उप प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीकाे सपथ गराइएकाे थियाे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा