सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएको छ । उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय गरेको हो ।
अब जेठ १३ गते रातिसम्म निषेधाज्ञा जारी हुनेछ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सिफारिस गरिसकेको थियो। त्यस्तै काठमाडौं उपत्यकाभित्रका मेयरहरुले पनि थप १५ दिने निषेधाज्ञा गर्न सुझाव दिएका छन्।
पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाभित्र दैनिक ४ हजार भन्दा बढी संक्रमित थपिरहेका छन्। काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको हो। वैशाख २१ गते थप सात दिने निषेधाज्ञा जारी गरिएको थियो।
निषेधाज्ञा पनि अब थप कडा हुने बताइएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा