सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले एक्स्ट्राक्सन किटको अभावका कारण पिसिआर परीक्षण बन्द गरेको छ।
पिसिआर लागि बाहिरबाट आउने भएकाले निषेधाज्ञाका कारण तत्काललाई परीक्षण बन्द गरेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए।
‘निषेधाज्ञा भएपछि बाहिरबाट साम्रगी आउन सकेको छैन,’ डा. राजभण्डारीले भने,‘ केही दिनमा सायद आउँछ होला। अनि नियमित सुचारू गर्नेछौं।’
दिनहुँ टेकु अस्पतालमा ५ सय जनाको पिसिआर परिक्षण हुदै आएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा