सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । सोमबार नेप्से दोहोरो अंकले बढेकाे छ ।
यस दिन नेप्से सूचक २७.४१ अंकले बढेर २६४५.८४ विन्दुमा पुगेको छ ।
सोमबार २१८ वटा कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता सेयर ४ अर्ब २० करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यससँगै सेन्सेटिभ सूचक पनि ४.३५ अंकले बढेको छ ।
यसदिन कारोबार रकममा भने गिरावट देखिएको छ । सोमबार ४ अर्ब २० करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।
यो दिनको कारोबारमा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्रिय बीमा कम्पनी, समता घरेलु लघुवित्त वित्तीय, रुरु जलविद्युत परियोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट देखिएको छ भने गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र लिबर्टी इनर्जीको सेयर मूल्य पनि बढेको छ ।
त्यसैगरी सबैभन्दा बढी गुमाउनेमा विशाल बजार कम्पनी, जोशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, मेरो माइक्रो फाइनान्स वित्तीय संस्था र सिंगटी हाइड्रो इनर्जी छन् ।
सोमबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २७ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको १९ करोड ७० लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १८ करोड ७ लाख र हिमालयन डिस्टिलरीको १४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा