सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डाै । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने औपचारिक निर्णय गरेको छ । नेता बाबुराम भट्टराईको निवासमा आइतवार (आज) बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
तर विश्वासको प्रस्तावको विपक्षमा मत दिने वा तटस्थ बस्ने भन्ने विषयमा सांसदहरूलाई निर्णय गर्न दिने निर्णय भएको छ । जसपाका सांसदहरूले ओलीलाई विश्वासकाे मत दिने छैनन् तर विपक्षमा मत दिन भने स्वतन्त्र हुनेछन् ।
नेता भट्टराईले ट्विटरमार्फत आजको बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको जानकारी दिनुभएको छ ।
आजै बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर अध्यक्ष महन्थ ठाकुरले आफूहरूले ओलीलाई विश्वासको मत पनि नदिने र अर्को सरकार गठनमा पनि सहयोग नगर्ने बताउनुभएको थियो । पार्टीलाई फुटबाट जोगाउनका लागि पनि ओलीलाई समर्थन नगर्ने ठाकुरको भनाइ थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा