सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
क्वालालम्पुर (मलेसिया):= मलेसियाले नेपाल , बाङ्गलादेश , पाकिस्तान , श्रिलङ्का लगायतको देशको नागरिकहरुलाई मलेसियामा यात्रा,प्रवेश गर्न प्रतिबन्ध,रोक लगाउने भएको छ।
पछिल्लो समयमा विश्वभर नयाँ स्वरुपको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण अत्याधिक रुपमा फैलिदै गैइरहेकोले सुरक्षा सतर्कता लाई ध्यानमा राख्दै कोरोनाको केस,जोखिम उच्च रहेको अन्तर्राष्ट्रिय मुलुकहरुलाई मलेसिया सरकारले मलेसियामा प्रवेश गर्नलाई यात्रामा प्रतिबन्ध,रोक लगाउने तयारी गरिरहेको तर कहिले देखि प्रतिबन्ध लगाउने भन्ने बारे निचोड निकाल्न र मिति तोक्न बाँकी रहेको मलेसिया सरकारको वरिष्ठ-रक्षामन्त्री दातोक श्रि इस्माईल साब्री बिन याकोबले बताए।
मलेसियाले यस् अघि कोरोना संक्रमण र मृत्युको दर उच्च रहेको अमेरिका,युरोपेली मुलुक लगायत भारतको नागरिकहरुलाई समेत यात्रा गर्न पुर्ण रुपमा प्रतिबन्ध,रोक लगाईसकेको छ।
तस्बिरमा मलेसिया सरकारको वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री बिन याकोब
रक्षामन्त्री साब्रीका अनुसार सरकारले कोरोना संक्रमणको दर उच्च रहेको कारणले यि देशहरुबाट आउने कुटनैतिक नियोगका मानिसहरु बाहेक श्रमिकहरु, ब्यापारी, ब्यवसायी,भिजिट लगायतको भिसा भएको मानिसहरुलाई पुर्ण रुपमा प्रतिबन्ध लगाइने बताए।
मन्त्री साब्रीले थप बोल्दै भने, “कुटनैतिक,सरकारी नियोगका मानिसहरु मलेसिया प्रवेश गरेपनि सरकारले तोकेको कोरोना सम्बन्धि स्वास्थ्य सुरक्षा अन्तर्गतका १४ दिने क्वारेन्टाइन लगायत सम्पुर्ण नियम हरु , मापदण्डहरु पालना गर्नुपर्ने मन्त्री साब्रीले भने।”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा