सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षकाे वर्षिय प्रधानलाई छातीमा समस्या देखिएपछि काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएकाे थियाे । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ ।
उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ ।
वरिष्ठ गायक प्रधानका थुप्रै गीत लोकप्रिय छन् । ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् ।
विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।
२००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो ।
उनले नेपाली माइतीघर, जीवनरेखा, मायालु, बद्लिदो आकाश, जीवन संघर्षलगायत सिनेमामा समेत गीत गाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा