सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । भारतमा थपिएकाे पछिल्ला संक्रमितहरूकाे संख्या विश्वभरमा थपिएकाे संख्याकाे धा हाे । विश्वभर ८ लाख ३४ हजार थपिएकामध्ये भारतमा ४ लाख १२ हजार ६१८ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ९ सय ८२ जनाकाे मृत्यु भएकाे छ ।यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड १० लाख ७० हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये २ लाख ३० हजार १५९ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ७२ लाख ६९ हजार जना निको भएका छन् । सक्रिय केस ३५ लाख ७१ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ९३ लाख ४७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १३ करोड ३२ लाख १४ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १५ करोड ५८ लाख १७ हजार नाघेको छ भने मृतकको संख्या ३२ लाख ५५ हजार १६२ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ११ हजार २९८ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३३ लाख २१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ९३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ६० लाख ३५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६६ लाख ९२ हजार जनामा भाइरस सक्रिय छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४९ लाख ३६ हजार जना संक्रमितमध्ये १ कराेड ३५ लाख २९ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख १४ हजारभन्दा बढी छन् । हाल ९ लाख ९२ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित ३ लाख ५९ हजार ६१० जना पुगेका छन् भने २ लाख ८९ हजार ७८३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ४७५ पुगेको छ भने ६६ हजार ३५२ जना उपचाररत छन् ।
यी हुन् विश्वभरका सबैभन्दा धेरै संक्रमित भएका दश देश
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा