सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै अहंकार र दमभ त्यागेर सत्यानाश हुनबाट जोगिन आग्रह गरेकी छन्। उनले ट्वीटरमा लेखेकी छन्, ‘हामी त डुब्छौँ नै। हामी सत्यनाश हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदि तिम्रो सत्यनाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहंकार र जिद्दी छोड। हिन्दीमा एउटा कहावत छ हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’
नेतृ झाँक्रीले ओलीप्रति संकेत गर्दै सत्यनाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज्न आग्रह गरेकी छन्। उनले विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड्न समेत आग्रह गरेकी छन्।
प्रधानमन्त्री ओलीले २७ गते विश्वासको मत लिने तयारी गर्दैगर्दा असफल पार्नका लागि माधव नेपाल पक्षका सांसदहरूले सामुहिक राजीनामाको तयारी गरेका छन्।
हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।
हिन्दीमा एउटा कहावत छ: हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे… अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।— Ram kumari Jhakri (@Jhakri_didi) May 5, 2021
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा