सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ९३ लाख ४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १३ करोड २४ लाख २७ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १५ करोड ४९ लाख ७३ हजार नाघेको छ भने मृतकको संख्या ३२ लाख ४१ हजार २४ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ११ हजार ७५ जनाको अवस्था गम्भीर छ ।
भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । भारतमा थपिएकाे पछिल्ला संक्रमितहरूकाे संख्या विश्वरमा थपिएकाे संख्याकाे हाे ।विश्वभर ७ लाख ७५ हजार थपिएकामध्ये भारतमा ३ लाख ८२ हजार ६९१ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ६ सय ८६ जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड ६ लाख ५८ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये २ लाख २६ हजार १६९ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ६९ लाख ३८ हजार जना निको भएका छन् । सक्रिय केस ३४ लाख ९३ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३२ लाख ७४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ९२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५९ लाख ६६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६७ लाख १५ हजार जनामा भाइरस सक्रिय छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४८ लाख ६० हजार जना संक्रमितमध्ये १ कराेड ३४ लाख ४२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख ११ हजारभन्दा बढी छन् । हाल १० लाख ५ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित ३ लाख ५१ हजार ५ जना पुगेका छन् भने २ लाख ८७ हजार ७९० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ४१७ पुगेको छ भने ५९ हजार ७९८ जना उपचाररत छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा