सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकहजार एक सय रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहिबार प्रति तोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार एक सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँ कायम भएको हो ।
यता, तेजाबी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रति तोला अधिकतम एक हजार एक सय रुपैयाँले सुनको मूल्य घटेका बेला यता चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।
महासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदी प्रति तोला २० रुपैयाँले गिरावट भइ एक हजार २९५ रुपैयाँ कायम भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा