सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ६ चैत । नेपाल भित्रन लागेका सामान भन्सार कर्मचारीको अवरोधका कारण डेढ महिनादेखि रसुवाको केरुङ नाकामै अलपत्र परेका छन् ।
भन्सार विभागका कर्मचारीको सरुवा बिबादमा तानिएसँगै भन्सार मुल्यांकनमा समस्या हुँदा १० अर्ब रूपैयाँभन्दा बढीका सामान केरुङमै अलपत्र परेका हुन् । कारोबार दैनिकमा खबर छ । जुरे पहिरो र भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनबाट सामान आयात गर्ने एकमात्र नाका केरुङ अवरुद्ध हुँदा व्यवसायीलाई प्रत्यक्ष मार परेको छ । नेपाल चेम्बर अफ कमर्सका भन्सार समिति सभापति निरज राईले भन्सार पास नहुँदा लामो समयदेखि नाकामै सामान रोकिएको जानकारी दिए ।
“भन्सार प्रमुखको सरुवा हुँदा चाइनबाट ल्याइएका सामान मुलुक भित्रन नपाएको सूचना पाएका छौं,” राईले भने, “व्यवसायीले ब्याज तिरेर रकम लिई सामान खरिद गरेकाले पनि समयमा नआउदा त्यसको प्रत्यक्ष असर परेको छ ।” सामान भिœयाउनका लागि पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत भन्सार मुल्यांकन बिबादले गर्दा लामो सयम देखि नाकामै रोकिएको उनले जानकारी दिए । “चार सय कन्टेनर सामान नाकामै लोड भएर रोकिएका छन्,” राईले भने, “समयमा आउनुपर्ने सिजनका सामान रोँिकदा व्यवसायीलाई प्रत्यक्ष असर परेको छ ।” सामान बोकेर आएका कन्टेनर लामो समयसम्म कन्टेनर रोकिँदा कन्टेनर व्यवसायीलाई पनि उत्तिकै असर परेको उनको भनाइ छ । रञ्जना व्यापार संघका अध्यक्ष अञ्जन शाक्यले पनि डेढ महिनासम्म सामान रोकिँदा व्यवसायीलाई धेरै असर परेको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा