सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम जारी छ । कोरोनाको दोस्रो लहर सुरुभएपछि दैनिक २५ सयको हाराहारीमा संक्रमित बढिरहेका छन् । दैनिक यो संख्यामा संक्रमित हुँदा राजधानीकै अस्पतालहरुमा सघन उपचारकक्षहरु भरिभराउ भइसकेका छन् ।
पछिल्लो समय कोरोनाको हटस्पट बनेको बाँकेमा त कोरोनाका विरामीलाई भुईंमै राखेर उपचार भइरहेको छ । कोरोना महामारीले यति भयावह अवस्था सृजना गरिसक्दा पनि नेपाल सरकार भने कानमा तेल हालेर बसेको छ ।
माक्स अनिवार्य गरेकै भरमा कोरोना संक्रमण नफैलिने हो भने यस्तो महामारीको अवस्था आउने थिएन होला । यो विषय नेपाल सरकारलाई जानकारी नभएको पनि होइन । छिमेकी मुलुक भारतमा दैनिक २ हजारको हाराहारीमा कोरोना संक्रमितहरुको मृत्यु हुँदा लाश जलाउन समेत समस्या परेको छ । नेपाल सरकारको यस्तै हेलचेक्य्राई हो भने भारतको जस्तो अवस्था नेपालमा पनि नआउला भन्न सकिन्न ।
नेपालको दुई दिनको तथ्यांक हेर्ने हो भने उपत्यका पनि कोरोनाको हटस्पट बनिसकेको प्रष्टै हुन्छ । शुक्रबार २ हजार ५ सष् ५९ जनामा संक्रमण पुष्टि भएको थियो भने तिमध्ये काठमाडौँ उपत्यकामै ९४० जना थपिएका थिए । जसमध्ये काठमाडौँमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ रहेका थिए ।
शुक्रबार ८ हजार ७९८ जनामा पीसीआर परीक्षण र ८६६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः २४४९ र ११० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९४ हजार ६०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा