सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । विश्वभर हाल १ कराेड ८७ लाख ५५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये निको हुनेको संख्या १२ करोड २५ लाख ९८ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १४ करोड ४४ लाख २५ हजार नाघेको छ भने मृतकको संख्या ३० लाख ७१ हजार ३८ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ९ हजार ८३७ जनाको अवस्था गम्भीर छ ।
पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै काेराेना संक्रमित भारतमा भएका छन् । भारतमा ३ लाख १५ हजार ८२० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ५९ लाख २४ हजार ८०६ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ८४ हजार ६७२ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ३४ लाख ४९ हजार ४०६ जना निको भएका छन् । सक्रिय केस २२ लाख ९० हजार ७२८ जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २६ लाख २ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ८३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १० हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५१ लाख ७४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ४४ हजार जनामा भाइरस सक्रिय छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४१ लाख २२ हजार जना संक्रमितमध्ये १ कराेड २६ लाख ४६ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ८१ हजारभन्दा बढी छन् । हाल १० लाख ९४ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित २ लाख ८९ हजार ७८७ जना पुगेका छन् भने २ लाख ७६ हजार ९३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ११२ पुगेको छ भने १० हजार ५८२ जना उपचाररत छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा