सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं – व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै सदनको बैठकमा भाग लिएनन् ।
सभामुख ओनसरी घर्तीले सदनको आइतबारकोको बैठक सुरु गर्नासाथ मोर्चामा आबद्ध दलका सांसदहरु आआफ्ना स्थानबाट उठेका थिए । सो क्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल यादवले ‘राजनीतिक वातावरण नबनाई सरकारले स्थानीय निर्वाचन घोषणा गरेकाले’ मधेसका जनतामा आक्रोश आएको आरोप लगाए।
उनले संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन नसक्ने जनाउँदै सहमति र सहकार्यबाट संविधान संशोधन गर्न माग गरे । सांसद यादवले आफ्नो भनाइ समाप्त गरेपछि मधेसी मोर्चामा आबद्ध दलका सांसदहरु सदनको बैठकबाट बाहिरिएका थिए । रासस
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा