सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रसिद्ध मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाख महिनाभर बन्द हुने भएका छन् । कोभिडका कारण जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना प्रकाशित गरी जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
‘कोभिड १९ विपद व्यवस्थापन समितिको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्य पूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ’, प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भन्नुभयो, ‘नित्य पूजाआजामा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय भएको छ ।’
चैते दशैँ भएकाले मंगलबार एकैदिनमा मनकामना मन्दिरमा सात हजार भक्तजनले पूजा गरेका मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयबाट भएको निर्णय प्राप्त नभएकाले मंगलबार निर्वाध रुपमा पूजाआजा भएको भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा