सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालमा आगामी असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना संक्रमण हुनसक्ने प्रक्षेपण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा आगामी तीन महिना भित्र ३ लाख नयाँ संक्रमित थपिन सक्ने प्रक्षेपण गरिएको हो।
अबको ९ हप्ताको बीचमा संक्रमण दर निकै उकालो लाग्ने र कठिन समय आउनसक्ने स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए।
असारसम्म १५ हजार व्यक्तिमा जटिल स्वास्थ्य समस्या देखिने सक्ने भन्दै उनले लापरवाही बढ्दै गए असारको पहिलो साता भित्रै दैनिक ११ हजार संक्रमित थपिन सक्ने उल्लेख गरे।
संक्रमितको संख्या बढेसँगै तत्काल १० हजार आइसोलेसन बेड बनाउनुपर्ने र आइसोलेसन सेन्टरका लागि प्रदेश सरकारलाई समेत निर्देशन दिइएको उनले बताए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा