सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नयाँ वर्षको सुरुदेखि बढेको सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३०० ले घटेको हो ।
महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ७०० र तेजाबी सुन प्रतितोला ९० हजार २०० मा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य तोलामा ३०० ले बढेर प्रतितोला ९१ हजार मा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य लगातार तेस्रो दिन पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३०० मा कारोबार भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा