सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सरकारले कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न ३० बुँदे निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ३० बुँदे निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिनुभयो ।
सरकारले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय समेत गरेको छ। यदि मास्क नलगाए १० रूपैयाँ जरीवाना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।
त्यसैगरी गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय छ। बैठकले सहरी क्षेत्रका विद्यालयको भौतिक उपस्थिति वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा