सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । अब विदेशबाट नेपाल आउनेहरूले १० दिन अनिवार्य होम–क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विदेशबाट आउनेहरू अनिवार्य १० दिन होम–क्वारेन्टिनमा बस्नुपर्ने बताएका हुन् ।
त्यसरी विदेशबाट आएकाहरूले पिसिआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुल समेत नगर्न भनिएको छ । विदेशबाट नेपालमा आउँदा र निकट सम्पर्कमा कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तीमा १० दिन होम–क्वारेन्टिन अनिवार्य बस्ने, पिसिआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल गर्न नपाइने पनि मन्त्री गुरूङले भने ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा