सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गैर आवासीय नेपालीहरु नेपालको विकास र समृद्धिका लागि ठूलो पूँजी भएको बताएका छन्।
मलेसियाको राजधानी क्लाललम्पुरमा आयोजित गैर आवासीय संघ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौ बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री डा.महतले भने– ‘गैर आवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको सीप, प्रविधि र पूँजी नेपालको विकास र समृद्धिका लागि ठूलो सम्पत्ति हो ।’
मन्त्री डा.महतले विगतमा राजनीतिक अस्थिरता, द्वन्द्व एवम् अन्य कारणले लाखौँ नेपाली विदेशिन बाध्य हुनुपरेको स्मरणगर्दै उनीहरुले संसारमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई अब नेपालको उन्नति र समृद्धिमा लगाउने बेला आएको बताए।उनले विश्वमा रहेका सबै गैरआवासीय नेपालीलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरुले अहिले संसारका कुनै पनि देशमा पुगेर आर्जन गर्नुभएको विशिष्ठ पहिचानको लागि आफ्नो मातृभूमिको योगदान कति छ भनेर मनन् गर्नुहोस र अब जन्मभूमिको उन्नतिका लागि केही गर्नुपर्छ भनेर लाग्नोस् ।’ नेपालमा अर्को महिना स्थानीय निर्वाचन हुन लागेको र यसमार्फत संविधानको कार्यान्वयनका साथै नागरिकको स्थानीय सरकारका रुपमा रहेका स्थानीय संरचनाहरुमा जनप्रतिनिधिको चयनसँगै देशको विकासको जग गाँउबाट सुरु हुन लागेको उनले बताए।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा