सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश संसदमा अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै सांसद किनबेचको सिलसिला सुरु भएको छ । मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका व्यक्तिहरुलाई नै मन्त्री नियुक्त पारेर उक्त प्रस्ताव निस्तेज बनाउने प्रयास गरेका हुन् ।
नेपाली कांग्रेस, एकीकृत माओवादी र जसपाका सांसदहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको दुई घन्टा नबित्दै पोखरेलले जसपाका दुई सांसदलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि रिक्त हुन आएको पदमा जसपाका सांसदलाई मन्त्री बनाउने तयारी भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र अरु दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी पोखरेलले गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा