सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्ने छन् ।
पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल आज सोही लय दोहो¥याउदै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । उता आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग हारेको मलेसिया पनि आजको खेल जित्दै प्रतियोगितामा फर्कन चाहन्छ ।
टियू क्रिकेट मैदान किर्तीपूरमा हिजो भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो । खेलमा १ सय ९२ रनको चुनौती पछ्याएको मलेसियाले ८ विकेटको क्षतिमा एक सय ७६ रन मात्रे बनायो ।
खेल दिउँसो सवा २ बजे शुरु हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा