सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
०६ चैत , भारतीय चर्चित कमेडियन कपिल शर्मा बेला बेलामा चर्चामा आइ रहन्छन् । कहिले ट्वीटका कारण चर्चामा आउँछन् त कहिले विवादित भनाईका कारण । यतिबेला उनी रक्सीका कारण फेरी चर्चामा आएका छन् । उनले रक्सी खाएर अर्का चर्चित कमेडियन सुनिल ग्रोवरलाई कुटेको खवर यतिबेला भारतीय मिडियाहरूमा छाइरहेको छ ।
केही समयअघि उनको टिम स्पेशल कार्यक्रम सुटिङका लागि अष्ट्रेलिया पुगेको थियो । अष्ट्रेलियाबाट मुम्बई फर्कने क्रममा फ्लाइटमा उनले सुनिलसँग नराम्रो तवरले झगडा गरे । भारतीय मिडियाका एक प्रत्यक्षदर्शीका अनुसार उनले रक्सी खाएर डा.गुलाटी अर्थात सुनिल ग्रोवरलाई बिना कारण नराम्रो तवरले गाली गर्न थाले । केही समयको रिस होला भन्दै ग्रोवर चुप लागेर बसे पनि उनको रिस झन बढ्दै गयो र झन ठूलो ठूलो स्वरमा गाली गर्न थाले । यतिले मात्र नपुगेर उनले सुनिललाई मारपिट नै गर्न थाले । यो देखेर फ्लाइटका अन्य व्यक्तिहरूले उनलाई समाउन खोजे तर सुनिलले रोके । सुनिलले रक्सीले चुर भएका कपिललाई बेवास्ता गर्न आग्रह गर्दै अरुलाई त्यहाँबाट पठाए ।
यो सब भइरहँदा पनि सुनिलले भने कुनै पनि प्रतिक्रिया जनाएनन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा