सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको खोप लगाएका छन् । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप लगाएका हुन् ।
“मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उनले उल्लेख गरेका छन् । यो खोपले कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने विश्वास पनि व्यक्त गर्दै उनले खोप अभियानमा सहभागी हुन सवैलाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री मोदीले पहिलो डोज गत मार्च १ मा लगाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा