सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने भएको छ ।
१६ गतेसम्म अभियान सञ्चालन हुने विभागले जनाएको छ । विभागले जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन गर्न लागेको हो ।
व्यक्तिगत घटना दर्ताको महत्त्व प्रचारप्रसार गर्ने उद्देश्यले वैशाख १ देखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताएका छन् ।
सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन पनि अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ ।
अभियान सञ्चालनका लागि ७५३ पालिकाहरुमा नै सर्कुलर जारी गरिएको विभागले जनाएको छ । विभागले आफ्नो वडा अथवा पायक पर्ने शिविरमा गएर व्यक्तिगत घटना दर्ता गर्न आग्रहसमेत गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा