सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा कोरोनाभाइरसका ६५ संक्रमितको आइसियूमा र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।
पछिल्लो २४ घण्टामा दुइ जनाकाे मृत्यु भएकाे छ । याेसहित कुल मृतककाे संख्या ३ हजार ३८ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा पीसीआर परीक्षणबाट २९८ र एन्टिजेन परीक्षणबाट ४१ जनामा कोरोना पुष्टि भएको हो ।
हाल देशभर २ हजार २ सय १ सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा देशभर ४ हजार १०० पीसीआर र १ हजार ४० एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
बुधबार ७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
गत २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६३ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा ५, ललितपुरमा २६, र काठमाडौँमा १३२ जना संक्रमित थपिएका हुन् ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा