सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेड र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तर्गतको लघु अमृत म्यादी बिमा योजनामा पर्न आएको मृत्यु हकदाबी बिमा बापतको रकम ६ लाख सात हजार पाँच सय रुपैयाँ हकवालालाई हस्तान्तरण गरिएको छ ।
थाहा नगरपालिका वडा नम्बर १० का स्व. बिष्णुमगर र सोही नगरपालिका वडा नम्बर १ का स्व. देगुमाया बलामीको मृत्यु हकदाबी बिमा बापतको रकम बराबरको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार विष्णुका हकवाला कल्पना घर्तीलाई पाँच लाख २५ हजार र देगुमायाका हकवाला रविन बलामीलाई ८२ हजार पाँच सय रुपैयाँ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायब प्रबन्धक जोनश शर्माले उनीहरुको निवासमै गई हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक संगीता बज्राचार्यले कृषि तथा विपन्न वर्ग कर्जा अन्तर्गत लघु अमृत म्यादी बिमा योजनाबारे प्रस्ट पारेकी थिइन् ।
त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारी तथा नायब प्रबन्धक जोनश शर्माले स्थानीय कृषकले सहुलियत कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासा निराकरण गर्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकको हातमा पुर्याए मात्र गाउँको विकास हुने बताएका थिए ।
उक्त कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीको उपस्थिति रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा