सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । भक्तपुरको प्रसिद्ध विस्का जात्रा यो वर्ष हुने भएको छ । कोरोना संक्रमणको जोखिम भन्दै यो बर्षपनि प्रशासनले प्रख्यात जात्रा रोक्ने निर्णय गरेको प्रति स्थानीयको विरोधपछि जात्राहरु पुनः हुन लागेको हो ।
बुधबार सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सीएमसी) र भक्तपुरको प्रसिद्ध बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाहरूको बैठकले भैरवनाथको रथ तान्ने, लिंगो उभ्याउने र ढाल्ने जात्रा आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरेको हो ।
जात्रा रोक्ने प्रशासनको निर्णयपछि आक्रोशित स्थानीयले जसरी भए पनि यसपटक जात्रा गरिछाड्ने चेतावनी दिएका थिए । स्थानीयको दबाबपछि प्रशासनले जात्रा संचालन गर्ने अनुमति दिएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा