सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी । सुदूरपश्चिम प्रदेशमा भीम रावलले नेकपा (एमाले) को समानान्तर कमिटी बनाएका छन् । खनाल र नेपाल पक्षको मंगलबार बसेको प्रदेशस्तरीय विस्तारित बैठकले रावलको संयोजकत्वमा कमिटी घोषणा गरेको हो।
कैलाली जिल्ला कमिटीका सदस्य दीर्घ जोशीले भीम रावलको संयोजकत्वको कमिटी आधिकारिक भएको दाबी गरे। उहाँले यस कमिटीलाई समानान्तर कमिटी नभएर अपूर्ण रहेको समितिको पूर्णता बनाएको बताउनुभयो ।
प्रदेश, जिल्ला, स्थानीय तह र भातृ संगठनमा अपुरो रहेका पदमा जिम्मेवारी तोक्दै बाँकी रहेका जिल्ला कमिटीले नै तोक्न सक्ने गरी बैठकमा निर्णय भएको बताइएको छ ।
तोकिएका जिल्ला अध्यक्षहरू
कैलाली– दीर्घ सोडारी
कञ्चनपुर– तारा लामा तामाङ
डोटी– चक्र बहादुर मल्ल
डडेल्धुरा– तारा जोशी
बैतडी– महादेव भट्ट
अछाम– शेर बहादुर कुँवर
बझाङ– दिल बहादुर सिंह
बाजुरा– गगन रावल
दार्चुला– तोक्न बाँकी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा