सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रदेश २ का प्रमुख राजेश झा अहिराजले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालिमाटीमा पुगी सोमबार ३२ औं पटकको रक्तदान गर्नुभएको छ ।
“रक्तदानमा युवा सहभागिता बढाउनुपर्ने छ, म नियमित रक्तदाता भएकोमा गर्व गर्दछु” प्रमुख झाले रक्तदान पश्चात बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्दशक उमेश प्रसाद ढकालले रक्तदाता पीन लगाइदिदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।
रक्तदान गर्नुभएकोमा धन्यवाद पत्र दिनुहुँदै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सुलभ, गुणस्तरीय र मर्यादित सेवा ः नेपालको रक्तसञ्चार सेवाको अवधारणा बमोजिम रक्तसञ्चार गतिविधि अघि वढाइएको बताउनुभयो ।
प्रदेश २ मा रक्तसञ्चार सेवाको स्तर बृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो र समुदाय केन्द्रीत चेतना कार्यक्रम बढाउन देश भरीका रक्तसञ्चार केन्द्रलाई सुझाव दिनुभयो ।
रक्तदानको लागि कालिमाटी, केन्द्रीय रक्तसञ्चार सेवामा आइपुग्दा उहाँलाई केन्द्रका कर्मचारीहरुले स्वागत् गर्नुभएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा