सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
क्यूएनखबर । कतारी राजपरिवारका सदस्य शेखा अस्मा अल थानी सगरमाथा आरोहण गर्न आज बिहीवार नेपाल जादै छिन् ।
एक्स्प्लोरर ग्रान्ड स्लम भनिने विश्वको सात महाद्वीपमा रहेको सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई धुर्वमा पाइला राख्ने लक्ष्य राखेकी शेखा अस्माले यसअघि दक्षिण अमेरिकाको ६,९५९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको ५,८५९ मिटर अग्लो माउन्ट किलिमन्जारो आरोहण र सन् २०१९ मा सगरमाथा बेस क्याम्प सम्मको यात्रा तय गरिसकेकी छिन् ।
सफल आरोहण भए ३१ वर्षीया राजकुमारी अस्मा सगरमाथा चढ्ने पहिलो कतारी महिला र विश्वको ४७२ औं महिला हुनेछिन् ।
“यसै वर्षको अप्रिल वा मे महिनामा सगरमाथा चढ्न म मेरो जिवनको सबैभन्दा ठूलो चुनौती लिदैछु। “आरोहणको प्रयास गर्ने म केवल तेस्रो कतारी हुँ र यदि सफल भए भने म इतिहासको पहिलो कतारी महिला बन्न सक्नेछु ,” अस्माले आफ्नो वेबसाइटमा लेखेकी छिन् ।
कतार ओलम्पिक समिति अन्तर्गत मार्केटिंग तथा सञ्चार विभागका निर्देशक रहेकी अस्मा बिहीबार नेपाल आउने स्थानीय संयोजक ट्याग नेपालले बताएको छ ।
कतारी शाही परिवारकी अस्माले उनी कतारमा महिलाको सशक्तिकरणको प्रदर्शन गर्न र यस क्षेत्रका महिलाहरूको नयाँ पुस्तालाई ठूलो सपना बोक्ने प्रेरणा दिन चाहेको बताएकी छिन् । क्यूएनखबरबाट
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा