सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु फेला परेका छन् ।
बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए ।
मंगलवार सबैजना घाँस काट्न गएका थिए तर अबेर राती सम्म घर नफर्किँदा खोजीकार्य तिव्र पारिएको थियो । रातीसम्म परिवारजनको साथमा प्रहरी समेत मिलेर खोजविन गरेका थिए तर फेला परेका थिनन् ।
भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
सामाजिक अभियन्ता सरोज रायले फेसबुकमा पोस्टमार्फत सातै बालिकालाई विहारको सीतामढी रेल्वे प्रहरीले हिजो राती नै सुरक्षित उद्धार गरेको र आफ्नो निगरानीमा राखेको जानकारी दिएका छन् ।
बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन । भारतीय प्रहरीका अनुसार ती बालिकाहरु गायक बन्न भारत गएकाे भन्ने बुझिएकाे रायले बताए ।
उनीहरुसँग अन्य पनि काेही थिए कि थिएनन् भन्नेबारे एकिन भएकाे छैन । हिजो राती नै अभियन्ता रायले भारतीय बालकल्याण समितिलाई यस घटनाबारे अवगत गराएका थिए ।
रायको अनुसार फेला परेको बालिकामा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा