सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार एनबी अनलाइन कार्ड संचालनमा ल्याएको छ ।
यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफनो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन् ।
उक्त कार्डबाट ग्राहकहरुले भारत बाहेकका मुलुकहरुबाट नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका बिदेशी बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्नेछन् ।
उच्च शिक्षा हासिल गर्न चाहने बिद्यार्थी बर्गका लागि बिदेशबाट मगाइने आई–२० को लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने जानकारी गराएको छ ।
साथै सामाजिक संजालमार्फत आफनो ब्यबसाय प्रर्वद्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा