सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्ताव फिर्ता भएको छ। माधव–झलनाथ समूहले अविश्वासको प्रस्ताव फिर्ता लिएको हो।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येका एमाले नेता अरुण नेपालले मंगलबार प्रस्ताव फिर्ता लिएको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका जानकारी दिए।
तत्कालीन नेकपामा विवाद चुलिएका बेला प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० मा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। प्रस्तावमा ४५ जना सदस्यले हस्ताक्षर गरेका थिए। उक्त समूहले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो।
सर्वोच्च अदालतले नेकपा एकता बदर गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेका सांसदहरुले मुख्यमन्त्री पौडेलमाथि पेश गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको थियो।
बागमती प्रदेशमा एमालेको एकल बहुमत छ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा