सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगञ्ज, चैत ५ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टीले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान निर्वाचनमा भोट तान्न नभएको बताउनुभएको छ ।प्रेस चौतारी बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले अभियान तराई–मधेसमा जनता जागरणका लागि केन्द्रीत भएको दावी गर्नुुभयो ।
पोखरेलले अभियानलाई एमालेका कार्यकर्ता, समर्थक र शुभेच्छुकले मात्रै नभई आम नेपाली जनताले साथ दिएको दावी गर्नुभयो । उहाँले सहभागिताको हिसाबले मेची–महाकाली राष्ट्रिय अभियान ऐतिहासिक भएको टिप्पणी गर्दै यसखालको जनताको सहभागिताले पार्टीलाई थप उर्जा मिलेको बताउनुभयो । अभियानकाक्रममा सप्तरीमा भएको घटनामा सुरक्षा निकायको कामको प्रशंसा गर्दै महासचिव पोखरेलले पाँचजनाको ज्यान जानुमा मधेसी मोर्चा जिम्मेवार भएको आरोप लगाउनुभयो ।
नेपालको संविधान–२०७२ मा नागरिकताको सन्दर्भमा बिश्वका सबै मुलुकमा भन्दा सहज व्यवस्था गरिएको भन्दै महासचिव पोखरेलले नागरिकताको सवालमा गलत भ्रम उत्पन्न गराइएको दावी गर्नुभयो । उहाँले जुनसुकै शक्तिको धम्की आएपनि देशको अहित हुने गरी नेकपा एमालेले काम नगर्ने भन्दै एमालेले लिएका एजेण्डा अहिले सिंगो देशका एजेण्डा भएको बताउनुभयो ।महासचिव पोखरेलले नेकपा माओवादी (केन्द्र)को नेतृत्वलाई आश र त्रास देखाएर एमालेसँगको गठबन्धन टुटाइएको बताउनुभयो ।उहाँले अहिलेको अवस्थामा स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नुको बिकल्प नभएको स्पष्ट पार्नुभयो । लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधिविहीन हुँदा आम नागरिकले दुःख पाएको बताउँदै महासचिव पोखरेलले निर्वाचनको विरोध गर्नेहरु देशको अहित चाहने र प्रगती भएको देख्न नचाहने शक्ति भएको टिप्पणी गर्नुभयो । उहाँले तोकिएको मितिमा निर्वाचन गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा