• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

      भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

      तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

      डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

      २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

      भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

      भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

      भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

      उदयपुर गढीमा खानेपानीको हाहाकार

      एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

      अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

      ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

      आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

      बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

      भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न

    होमपेज /  प्रदेश नं.२

    अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ चैत्र १५, आईतबार (३ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    धनुषा । अनेकतामा एकताको विशिष्ट उदाहरणका रूपमा रहेको मिथिला परिक्रमा अन्तर्गत आज श्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन् । पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रबिन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा स्थितका तीर्थस्थलको भ्रमण गरिने परिक्रमालाई मिथिला मध्यमा परिक्रमा भनिन्छ ।

    मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि मिथिला महात्म्यमा उल्लेख छ ।

    यस प्रकारको धार्मिक आस्थाका कारण नेपालका कुनाकाप्चा र भारतलगायत अन्य राष्ट्रका श्रद्धालु समेत मिथिला क्षेत्रको यात्रामा सामेल हुन्छ । ‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालु श्री मिथिला विहारीका डोलाका पछिपछि श्रद्धा भक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जो कोहीलाई पनि मोहित पार्छ ।

    सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति, देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारैदिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो । हिन्दूधर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्व रहेको छ । परिक्रमालाई प्रदक्षिणा पनि भनिन्छ । प्रदक्षिणाको परम्परा अति प्राचीन मानिन्छ । यसलाई षड्शोपचार पूजाको अङ्ग मानिएको छ । वैदिक कालदेखि नै परिक्रमाद्वारा श्रद्धालुले देवमूर्ति र पवित्र स्थललाई प्रभावित गर्न वा सम्मानका लागि यो कार्य गर्ने गरेको पाइएको छ ।

    यज्ञ, मन्दिर, नदी तथा व्यक्ति आदिको परिक्रमा पुण्यदायी हुने गरेको आस्थाअनुरूप मिथिला परिक्रमाअन्तर्गत १३० किलोमिटरका क्षेत्रमा पदयात्रा गरिन्छ । यो परिक्रमा मेलामा सामेल भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ ।

    यस अवसरमा नेपाल र भारतका मिथिला क्षेत्र उत्सवमय हुन्छ । लाखौँ श्रद्धालुको सहभागिता रहने गरेको सो परिक्रमामा हरेक, धर्म, जातजाति, छरछिमेकका गाउँवासी, इष्टमित्र, घरपरिवारका नातेदारलगायत कर कुटुम्बका लागिसमेत उत्सव आस्थाको केन्द्र रहेको छ ।

    अत्यन्त निष्ठा, श्रद्धा र भक्तिपूर्वक नाङ्गै खुट्टा पदयात्रामा सामेल हुने ब्रह्मचर्य जीवनपालन गर्नुपर्ने हुन्छ । वैष्णव, शैव र शाक्त सम्प्रदायको धार्मिक अनुष्ठानका रूपमा माध्यमिकी परिक्रमालाई लिइन्छ । यस अवधिमा साधुसन्तको अवस्था, सानिध्य ल्याउने, भगवत कृपाप्रतिको आस्था, अरूप्रति आश्रित जीवनका कथा, व्यथासमेत सुन्न र अवलोकन गर्न पाइन्छ । सो यात्रामा सामजिक उत्तरदायित्व बहनताको समृद्धि, आपसी सम्बन्ध प्रगाढताको सन्देश लुकेको पाइन्छ । यात्रा गरिरहँदा शारीरिक सङ्कुचन पर जान्छ, मानिस फूर्तिला, जोशिला र जाँगरिला बन्ने प्रेरणा पनि दिन्छ ।

    इतिहासकारहरूका अनुसार यो परिक्रमा विसं १८१० मा प्रारम्भ भएको हो । पहिले यस मार्गमा जङ्गल थियो भने हाल बस्ती रहेको छ । अचारी बाबाको सत्प्रयासले परिक्रममा पथ हाल सहज भएको बताइन्छ । अचारी बाबापछि उनका शिष्य लाडली शरण सो जिम्मेवारी सम्हाले । उनी कचुरी पठका महन्त थिए । त्यसैबेला खेअि परिक्रमाको मूल डोला कचुरी मठबाट शुरू हुने परम्पराको थालनी भएको हो ।

    परिक्रमा पथको जटिलताका कारण केही वर्ष बन्द हुन गएकामा विसं १९६४ मा सीतामढीबाट आएका प्रेमलताले यसलाई पुनःप्रारम्भ गरेको प्रेमलता चरित्रमा उल्लेख गरिएको छ । यो परिक्रमाको डोला धनुषा जिल्लाको कचुरी गाउँको मिथिला विहारी मठबाट उठेर हनुमाननगरमा राति बास बस्दछ । त्यहाँ नित्यकर्म सकेर भजनकीर्तन गरी भगवान् सीतारामको पूजनपछि न्यायमूर्तिमाथिको दर्शन र आशीष लिने चलन छ ।

    परिक्रमा मेलामा जनकपुरधामको अग्निकुण्डबाट माता जानकी र कचुरी मठबाट भगवान् रामको डोलाको नेतृत्वमा १५ दिने परिक्रमा गरिन्छ । परिक्रमाका दोस्रो दिन हनुमाननगरबाट प्रस्थान गरी भारत विहार प्रान्तको कल्याणेश्वर स्थानमा पुगेर कल्याणेश्वर महादेवको दर्शन गरिन्छ । भोलिपल्ट गिरिजास्थानका लागि प्रस्थान गरी राति बाास बस्ने र अन्य दिन झैँ भक्तिभावमा लीन हुने चलन छ । प्राचीन समयमा जानकी माता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी गिरिजाको पूजाअर्चना गर्ने गरिएको विश्वास छ ।

    गिरिजास्थानबाट महोत्तरी जिल्लाको मटिहानी बजारमा डोला प्रस्थान गर्छ । मटिहानी जानकी माताको विवाहमा मटकोर गरिएको ठाउँले ख्याति प्राप्त गरेको हो । मटिहानीमा उक्त दिन ठूलो मेला लाग्ने र सीमापारि मधवापुरबाटसमेत श्रद्धालु आउने गर्छन् ।

    मटिहानीबाट परिक्रमाको डोला जलेश्वर प्रस्थान गर्छ । उक्त ठाउँमा भगवान् शङ्कर जलमा निवास गरेकाले पनि बेग्लै धार्मिक महत्व छ । पञ्चमी तिथिमा जलेश्वरबाट मडई भन्ने ठाउँमा परिक्रमा डोला बास बस्दछ । उक्त ठाउँ माण्डव्य ऋषिको बासस्थानले प्रख्यात छ ।

    यहाँबाट धुर्वको तपोभूमि धु्रवकुण्ड पुगेर डोला कञ्चन वन पुग्दछ । उक्त ठाउँ इच्छावती गङ्गा र विरजा गङ्गाको सङ्गमस्थल रहेको छ । इच्छावती नदी भगवान् रामको होली उत्सव मनाउन सिर्जना भएको थियो ।
    कञ्चन वनबाट परवतामा विश्राम गरिन्छ । यो स्थान पाँच पर्वतको सङ्गमस्थल रहेको छ । परवताबाट धनुषाधाममा परिक्रमाले विश्राम लिने र सो ठाउँमा श्रीरामले भाँचेका धनुषको टुक्रा खसेका कारण धनुष दर्शनका लागि पनि अनुकूल अवसर प्राप्त हुन्छ ।

    दशमी तिथिमा सतोखर भन्ने ठाउँमा तीर्थालु बास बस्छन् । यो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण ख्याति कमाएको छ । त्यसपछि औरही, करूणा हुँदै पुनःकल्याणेश्वर स्थान भई बिसौलमा विश्राम गरिन्छ । यो स्थलमा विश्वामित्रको मन्दिरमा पूजा पाठ गरिन्छ । चतुर्दशीका दिन उक्त ठाउँबाट डोला जनकपुरधाम आई विश्राम गरी भोलिपल्ट पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मेला सम्पन्न हुने परम्परा रहेको छ । परिक्रमा सम्पन्न भएको भोलिपल्ट यस क्षेत्रमा होली मनाइने परम्परा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

    तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    उदयपुर गढीमा खानेपानीको हाहाकार

    ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

    बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

    तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

    २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

    अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

    गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑