सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो बनेको हो ।
शुक्रबार जारी भएको उक्त प्रतिवेदनमा आफ्ना नागरिकहरुलाई विश्वमै सबैभन्दा धेरै खुशीमा राख्ने मुलुक फिनल्याण्ड बनेको छ । त्यस्तैगरी दोस्रोमा डेनमार्क, तेस्रोमा स्वीटजरल्याण्ड र चौथोमा आयरल्याण्ड रहेको छ ।
फिनल्याण्ड यो सँगै चौँथो पटक लगातार खुशी राष्ट्रको पहिलो नम्बरमा परेको हो । यस अघिपनि ३ पटक लगातार ऊ तेस्रो पटक खुशी राष्ट्रको पहिलो स्थानमा परेको थियो ।
यता दक्षिण एशियामा भने सबैभन्दा कम खुशी हुने मुलुक अफगानस्थान परेको छ ।
एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसा कतिको छ भन्ने अध्यायनका आधारमा प्रतिवेदन निकालिएको हो । यो प्रतिवेदन झण्डै एक दशक अघिदेखि निकालिदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा