सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कर्णाली । नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय नेकपा एमालेले गरेकाे हो ।
एमाले संसदीय दलकाे बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने गरेकाे संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिनुभएको छ । साथै, एमालेबाट सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बाेलाउने समेत निर्णय गरेकाे छ ।
एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूमा आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हुनुहुन्छ ।।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा