सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा यही चैत्र १० गतेदेखि आयोजना हुने थ्रि नेशन्स कप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघका अनुसार पहिलो दिन किर्गिस्तान र बंगलादेशबिच खेल हुनेछ। यसैगरी चैत्र १२ गते नेपाल र किग्रिस्तानबिच खेल हुने कार्यक्रम छ। चैत्र १४ गते नेपाल र बंगलादेशबिच खेल हुनेछ। यस्तै चैत्र १६ गते प्रतियोगिताको प्रथम र दोश्रो स्थानकालागि खेल हुनेछ।
यो प्रतियोगिताका सबै खेल साँझ साढे ५ बजे फ्लडलाईटमा सुरु हुनेछ। नेपालमा लामो समयपछि अन्तराष्ट्रिय फुटबल टिम नेपाल आएर खेल्न लागेका हुन। नेपालमा सन २०१९ मा १३ औं दक्षिण एशियाली खेलकुद आयोजना भएपछि दशरथ रंगशालामा कुनै अन्तराष्ट्रिप खेल भएका छैनन। कोभिड १९ ले नेपालमा खेल क्षेत्रपनि तहसनहस भएको अवस्थामा यस्ता खेल आयोजनाले नेपालमा फेरि खेलमय वातावरण श्रृजना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा