सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ४ चैत, । भारतीय मोटर उत्पादक कम्पनी टाटा मोटर्सले टाटाले बजारमा ल्याउन लागेका आफ्ना नयाँ दुई गाडीलाई सार्वजनिक प्रदर्शन गरेको छ । युरोपियन बजारसम्म पुग्ने ल्ष्यका साथ टाटाले नँया एसयूभी नेक्शन र सेडान टिगोर गाडी बजारमा ल्याउँदैछ ।यो भारतको उच्च स्तरिय कम्पनी मानिएको छ।
टियागोको सफलताबाट हौसिएको टाटाले आगामी मार्च २९मा कम्प्याक्ट सेडान ‘टिगोर’ बजारमा ल्याउने भएको छ । कम्पनीले अन्तर्राष्ट्रिय जेनेभा अटो(शोमा टिगोरलाई प्रदर्शन गर्दै मिति घोषणा गरेको हो ।
कम्पनीले अटो एक्स्पो २०१६मा कन्सेप्ट कार काइट(५ का रुपमा यसलाई प्रदर्शन गरेको थियो । ह्याचब्याक टियागोको सफलतापछि कम्पनीले सेडान कारमा टिगोरलाई बजारमा उतार्न लागेको हो । टियागोकै फिचर्सहरुबाट प्रभावित भएर टिगोरलाई तयार गरिएको छ ।
यसको मुल्य भारतीय बजारमा कति हुन्छ भनेर घोषणा भएको छैन । यसमा डुअल टोन इन्टेरियर, डुअल एयरब्याग, जीपीएस नेभिगेशन, कूल्य ग्लोबबक्स, २ ड्राइभ मोड, एबीएसका साथमा इबीडी र कर्नर स्टेबिलिटी लगायतका जरुरी फिचर्स छन् ।
टयोगोमा जस्तै यसमा पेट्रोल र डिजेल इन्धन विकल्प दिइएको छ । पेट्रोल भर्सनमा १।२ लिटरकोको रेबोट्रोन इञ्जिन दिइएको छ । जुन ८५ पीएसको पावर र ११४ एनएमको टर्क प्रदान गर्न सक्षम छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा