सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन ४ गते- अभिनेता सलमान खान फेरि एकपटक व्यक्तिगत जीवनको प्रसंगका कारण चर्चामा आएका छन् । त्यो के भने, उनले आफूले पूर्वप्रेमिका ऐश्वर्या रायलाई कहिल्यै नपिटेको दाबी गरेका छन् । सलमानको यो दाबी नयाँ भने होइन । इन्टरनेटमा अहिले उनको एउटा पुरानो अन्तर्वार्ता भाइरल बनाइएको छ ।
जहाँ उनले आफूले ऐश्वर्यालाई नपिटेको दाबी गरेका छन् । सन् २००२ मा सलमानसँग एउटा चर्चित पत्रिकाले ऐश्वर्यालाई मारपिट गरेको आरोपबारे सोधेको थियो । त्यतिवेला उनले आफूले ऐश्वर्यालाई कहिल्यै पनि हातपात नगरेको अभिव्यक्ति दिएका थिए । तर, उनले आफूले निर्देशक सुभाष घईलाई झापड हानेको भने स्विकारेका थिए । त्यतिवेला ऐश्वर्या घईको ‘ताल’ फिल्ममा अभिनय गरिरहेकी थिइन् । ऐश्वर्याको विषयलाई लिएर सलमानले घईलाई पिटेका थिए ।
सन् १९९९ मा ‘हम दिल दे चुके सनम’को सुटिङका क्रममा सलमान र ऐश्वर्याबीच प्रेम सुरु भएको थियो । उनीहरूको ‘हम तुम्हारे है सनम’को रिलिजपछि सन् २००२ मा ब्रेकअप भएको थियो । सो फिल्ममा पनि ऐश्वर्या सलमानकी प्रेमिकाको भूमिकामा थिइन् । ऐश्वर्याले सन् २००७ मा अभिषेक बच्चनसँग बिहे गरिन् । सलमान भने अझै अविवाहित नै छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा