• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

      भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

      तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

      डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

      २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

      भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

      भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

      भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

      उदयपुर गढीमा खानेपानीको हाहाकार

      एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

      अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

      ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

      आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

      बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

      भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न

    होमपेज /  गण्डकी

    ‘अब त धेरै बाँचिन्छ’: खोप लगाएका ज्येष्ठ नागरिक

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ चैत्र १, आईतबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    गलकोट । नेपालमा कोरोनाको महामारी शुरु भएपछि सबैभन्दा जोखिममा ज्येष्ठ नागरिक थिए । कोभिडको भयावह चलिरहेका बेला ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना भाइरस सङ्क्रमणको खतरा रहेको भन्दै विशेष ख्याल गर्न आग्रह गरिएको समाचार दैनिकजसो आउँथ्यो । कोरोना र आफूहरुलाई छिटो सर्ने र ज्यानसमेत लिने समाचार सुनेर केही हतास बन्नु भएकी काठेखोला गाउँपालिका–३ निवासी श्याम कुमारी विश्वकर्मा अहिले ढुक्क भएकी छिन् ।

    उनले धौलागिरि अस्पताल बागलुङको खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाइन् । “हामी जस्ता बुढेसकाल लागेकालाई कोरोनाले चाँडै लान्छ कि भन्ने थियो, खोप लगाएपछि अझै केही वर्ष संसार देख्न पाइन्छ कि भन्ने लागेको छ”, खोप लगाएपछि प्रशन्न मुद्रामा विश्वकर्माले भनिन्, “रेडियोमा भर्खरका उमेरका युवासमेत कोरोनाका कारण मृत्यु भएको सुन्दा हामी जस्ता ७५ काटेकालाई के राख्ला भन्ने थियो, अहिले कोरोना विरुद्धकै खोप आएर लगाइयो पनि, अब कोरोनाबाट बच्ने भइयो भन्ने आश पलाएको छ ।”

    बागलुङ नगरपालिका–४ का ७१ वर्षीय खडानन्द उपाध्याय, वडा नं ३ का ७५ वर्षीय खिमप्रसाद सिलवाल तथा वडा नं १० भकुण्डे निवासी ७० वर्षीया इन्द्रकुमारी पौडेलको कोरोना खोप अनुभव पनि उस्तै छ । डाँडामाथिका घाम जस्ता बनेका उनीहरुले कोरोना खोप लगाउन पाउँदा खुशी भएका मात्रै छैनन्, केही वर्ष अझै बाँच्ने आशा पलाएको बताउँछन् । “१० महिनासम्म कोरोनाका विषयमा सुन्दा मरिन्छ कि भन्ने थियो”, सिलवालले भने, “तर यति छिट्टै सरकारले कोरोना खोप ल्याउँला भन्ने लागेकै थिएन, कोरोना खोप लगाएपछि कोरोना लाग्दैन भन्ने आत्मबल उच्च हुँदोरहेछ, अलि वर्ष बाँच्न पाइने भयो भनेर ढुक्क छु ।” सिलवालले खोपको व्यवस्थापनका लागि सरकारलाई धन्यवादसमेत दिए । उनले महामारीको रूपमा रहेको कोरोना खोप लगाउन पाउँदा निकै खुशी भएको बताए ।

    कोरोनाका कारण मरिन्छ कि भनेर लागेको डर कोरोना खोप लगाएपछि हटेर गएको भकुण्डे निवासी पौडेलले बताए । “दीर्घरोगी र हामी जस्तालाई कोरोनाले छोड्दैन भन्ने सुन्दै आएका कारण घरभन्दा बाहिर जान पनि डर थियो”, पौडेलले भने, “खोप लगाएपछि केही ढुक्क भयो, अब अरुनै कारणले मरिएला, कोरोनाले चाँही नमर्ने भइयो ।” पौडेलले आफूजस्ता ज्येष्ठ नागरिकलाई कोरोना खोपले हदैसम्म राहत मिलेको बताए ।

    “कोरोना खोप भर्खर आउला भन्ने लागेकै थिएन, तर सरकारले ज्येष्ठ नागरिकलाई छिट्टै कोरोना विरुद्धको खोपको व्यवस्थापन गरेकोमा खुशी लागेको छ”, उपाध्यायले बताए । उनले खोप ल्याउने सरकार र खोप लगाउने स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिए ।

    धौलागिरि अस्पतालको कोरोना खोप केन्द्रमा अहिले ज्येष्ठ नागरिक उत्साहका साथ खोप लगाउन आइरहेका छन् । बागलुङमा अहिले ६२ स्थानबाट कोरोना विरुद्धको खोप प्रदान गरिएको छ । नेपालमा कोरोना भित्रिएको ११ महिना पूरा पुग्दा खोप अभियान दोस्रो चरणमा पुगेको छ ।
    गत फागुन २३ गतेदेखि ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सरकारले कारोना खोप लगाइरहेको छ । स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाएको सरकारले कोरोनाको उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन थालेको हो । शनिबारसम्म १२ हजार १३ ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

    अहिलेसम्म जिल्लाका १० पालिकामध्ये ७ पालिकामा खोप अभियान चालिएको र केही दिनमै सबै पालिकामा खोप अभियान पुर्याइने उनले जानकारी दिए । कोरोनाका कारण ज्येष्ठ नागरिकलाई सामान्य प्रभाव पारे पनि कुनै समस्या नभएको गुरौले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

    डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

    चार सांसदलाई एमालेको साधारण सदस्य समेत नरहेन गरी निस्कासन गर्न सिफारिस

    कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो, एमालेका ४ सांसदले पक्षमा मतदान गरे

    सिमकोट विमानस्थल जोखिममा

    बागलुङका ३० वनमा डढेलो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

    तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

    २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

    अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

    गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑