सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ग्लोबल बिजनेस ग्रुप अन्र्तगतको शंकर इन्टरनेसनल प्रा.लि.ले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा ल्याएको छ ।
नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुइ वोटा भेरिएन्ट उपलब्ध छन्। ६.६७” डिसप्ले र हेलियो जी–८५ गेमिङ्ग प्रोसेसर जडित उक्त फोन दैनिक उपयोगको लागि मात्र नभएर गेमिङ्गको लागि पनि उत्कृष्ट फोन भएको बिज्ञप्ति मार्फत जानकारी दिइएको छ। ‘इन नोट–१’ को दुइ वटै फोनमा व्याक क्यामेरा ४८ मेगा पिक्सेल रहेको छ भने फ्रन्ट क्यामेरा १६ पिक्सेल रहेको छ। ४ जीबी RAM, ६४ जीबी ROM भएको ‘इन नोट’ को बजार मुल्य १९ हजार ९९० रहेको छ भने ४ जीबी RAM १२८ जीबी ROM भएको ‘इन नोट–१’ को बजार मुल्य २१ हजार ४९० रहेको छ।
कम्पनीका बिजनेस हेड प्रतिक सवार्थियाले माइक्रोम्यास मोबाईल चाडै नै नेपाली बजारमा उत्कृष्ट ब्राण्डमा ठरिने बिश्वास ब्यक्त गरे । भारतमा राम्रो बजार हिस्सा ओगटेको माइक्रोम्याक्सले नेपाल भर चाडैनै आफ्ना आउटलेटका साथै सर्भिस सेन्टरको बिस्तार गर्न लागेको बताएको छ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा