सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । करीब चार दशक माओवादी धारको राजनीति गर्नुभएका गृहमन्त्री रामबहादुर थापा बादलले शनिबारदेखि औपचारिक रुपमा नेकपा एमालेको जिम्मेवारी सम्हाल्नु भएको छ ।
शुक्रबार बालुवाटारमा बसेको पुनःस्थापित एमालेको विशेष केन्द्रीय कमिटी बैठकले वागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका बादलले शनिबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेर कार्यभार सम्हाल्नु भएको हो ।
प्रतिष्ठानमा एमालेको वागमती प्रदेश कार्यालय छ । बादललाई प्रदेश इन्चार्जको रुपमा अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनीलगायतका नेताहरुले स्वागत गर्नुभएको थियो । बादलले एमालेको प्रदेश इन्चार्जको जिम्मेवारी औपचारिक रुपमा सम्हालेको अवसरमा संगठन विभाग प्रमुख बिष्णु पौडेलसमेत प्रदेश कार्यालयमा उस्थित हुनुभएको थियो । आजै संगठन विभाग प्रमुख र प्रदेश इन्चार्जको उपस्थितिमा प्रदेश पदाधिकारीको बैठक बसिरहेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा